Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • १६ वर्षपछि राजा महेन्द्रको सालिक पुनःस्थापना

    १६ वर्षपछि राजा महेन्द्रको सालिक पुनःस्थापना

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 2.1K
    SHARES

    कैलाली । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चोकमा १६ वर्षपछि पुनः राजा महेन्द्रको सालिक राखिएको छ ।

    सोमबार एक समारोहकाबीच महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडक खण्डमा पर्ने अत्तरिया चोकमा सालिक अनावरण गरिएको हो।



    गत असोजमा स्थानीय युवा व्यवसायी हरिदत्त भट्टराईको संयोजकत्वमा सालिका पुनर्स्थापना गर्न नागरिक समिति गठन गरिएको थियो। त्यो समितिले २०६२÷०६३ को आन्दोलन पछि तोडफोडमा गरिएको राजा महेन्द्रको शालिक पुनः अत्तरिया चोकमा राख्ने र इतिहासको जगेर्ना गर्ने उद्घोष गरेको थियो।



    सर्वसाधारणको तर्फबाट आर्थिक सहयोग संकलन गरेर १५ लाखको लागतमा सालिक निर्माण गरिएको संयोजक हरिदत्त भट्टराईले बताए । सोमबार बाजागाजासहितको झाँकीले अत्तरिया बजार परिक्रमा गरेर मंगलध्वनीसहित सालिक अनावरण गरिएको थियो ।

    निरञ्जनी अखाडाका मठाधिश लोमस गिरिजी महाराजले शालिकको अनावरण गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व अर्थ मन्त्री डाक्टर प्रकाशचन्द्र लोहनी, प्रदेश अध्यक्ष धर्मराज जोशीलगायत स्थानीय व्यवसायी र युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार