काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाएका छन् ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सोमवार सर्वोच्च अदालत काजमा झिकाएका हुन् । उनले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई ३ वर्ष कैद हुने फैसला सुनाएका थिए ।
मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उनले सजायको फैसला सुनाएका हुन् । उक्त कानून कार्यान्वयनमा छैन ।
यसअघि जिल्ला अदालत काठमाडौंका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा बोलाइएको थियो ।