Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित विमानस्थलबाट एक जना पक्राउ

    ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित विमानस्थलबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 987
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कैलारी गाउँपालिका ८ घर भएका भागदेव कठरिया थारु रहेका छन् ।



    जजिरन एयरको विमानबाट दुबइबाट कुवेत हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।



    प्रहरीले भागदेवले ल्‍याएको ४० ग्राम सुनको लकेट, एप्पलको म्‍याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्‍याक्स र आइफोन ११ प्रो म्‍याक्स फोन गरी करिब १० लाख ४ हजार ८०० मूल्‍य बराबरको सामान बरामद गरेको छ ।

    पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार