काठमाडौं । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काजमा तानिएका छन् ।
ऐनमा व्यवस्था नै नभएको अवस्थामा बलात्कारमा परेकी किशोरीले बयान फेरेको भनेर जोशीको इजलासले ३ वर्ष सजाय तोकेको फैसलाको प्रारम्भिक जाचबुझपछि जोशीलाई सर्वोच्च तानिएको हो ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा काठमाडौं तानेका हुन् ।