Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल सुशासन पार्टीद्वारा चुनाव चिह्नबारे दायर रिटमा आज अन्तरिम आदेशबारे छलफल

काठमाडौं । नेपाल सुशासन पार्टीले निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज अन्तरिम आदेशबारे छलफल हुँदैछ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पक्ष र विपक्षबीच छलफल हुने भएको हो ।

रिट निवेदकको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् ।

विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077