Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसबाट दुई वटा सैन्य हेलिकोप्टर भित्र्याउने तयारी

काठमाडौं । विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ।

रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्। यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ । नेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआई १७ भी ५’ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो।

त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी ‘रोजोबोरोन’ सँग सम्झौता गरेको थियो। सो कम्पनीका तर्फबाट काठमाडौंस्थित रसियन राजदूतावासका प्रथम सचिवले हस्ताक्षर गरेका थिए।

नेपाली सेनाका तर्फबाट जंगी अड्डाले हस्ताक्षर गरेको स्रोतको भनाइ छ। रुसले यही कम्पनीबाट एकीकृत रूपमा सैन्य तथा सुरक्षा सामग्री निर्यातको काम गर्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपल्ट राष्ट्रपति हुँदा यो कम्पनी खोलेका थिए।

सम्झौतापछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनायो। अमेरिकाको असन्तुष्टिपछि नेपाली सेना हच्कियो र रुसी हेलिकोप्टर खरिद गर्ने कदमबाट पछि हट्यो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077