Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • महानगर र उपमहानगरको भागबन्डा गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

    महानगर र उपमहानगरको भागबन्डा गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

    बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।



    आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो ।



    तर, दलहरू आ-आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार