Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : पन्जाब किंग्स ७ विकेटले पराजित, हैदराबादको लगातार चौथो जित

एजेन्सी । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

हैदराबादको यो लगातार चौथो जित हो । जितका लागि १ सय ५२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

६ खेल खेलेको हैदराबादले पहिलो दुई खेल हारेको थियो । ८ अंक जोडेको हैदराबाद चौथो स्थानमा छ । गुजरात टाइटन्स, लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगलोरको पनि समान ८ अंक छ ।

तर रनरेटका आधरमा उनीहरू क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छन् । पराजित पञ्जाब ६ अंकका साथ सातौँ स्थानमा छ । आईपीएलमा अहिले गुजरात र चेन्नई सुपर किङ्सले प्रतिस्पर्धा गरिरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077