काठमाडौं । स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लाग्ने भएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको हो ।
यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ ।
त्यस्तै सबै प्रदेशमा तालमेलको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको छ ।
Leave a Reply