एजेन्सी। रुसले आफ्नो वायु रक्षा इकाईले पश्चिमी देशहरूले पठाएको हतियार बोकेको युक्रेनी सैन्य विमानलाई खसालेको दाबी गरेको छ ।
टास समाचार एजेन्सीले रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभलाई उद्धृत गर्दै दक्षिणपश्चिम युक्रेनको ओडेसा सहरबाहिर आक्रमण भएको बताएको छ ।
बीबीसीले स्वतन्त्र रूपमा यस जानकारीको पुष्टि गर्न सकेको छैन र घटनामा कसैको मृत्यु भएको हो वा होइन भन्ने पनि स्पष्ट भइसकेको छैन।
जनरल कोनाशेन्कोभले विगत २४ घण्टामा रुसी वायु सेनाले युक्रेनी सैनिक वा तिनका उपकरण रहेको दर्जनभन्दा बढी ठाउँमा निशाना बनाएको दाबी गरेका छन् ।
Leave a Reply