Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अफ्रिकामा भिषण बाढी र पहिरोबाट कम्तिमा चार सय जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तिमा चार जनाको मृत्यु भएको छ ।

यो विपदबाट दशौं हजार नागरिक घरबारविहीन भएका सरकारी अधिकारीहरुले जनाएका छन् । बाढी पहिरोमा परेर देशको दक्षिण पूर्वी क्षेत्रमा दर्जनौ मानिस हराइरहेका छन्।

बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भाग डुबानमा परेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बाढीले सडकसहितका संरचना बगाएको छ भने अस्पतालमा समेत क्षति पुगेको छ। हजारौँ घर बाढीको चपेटामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077