Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मेयर पद अर्को पार्टीलाई दिन लागेको भन्दै भरतपुरका कांग्रेस कार्यकर्ताले दिए सामूहिक राजीनामा

    मेयर पद अर्को पार्टीलाई दिन लागेको भन्दै भरतपुरका कांग्रेस कार्यकर्ताले दिए सामूहिक राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.2K
    SHARES

    चितवन । सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि त्यसको विरोधमा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका छन्।

    शनिबार भरतपुर–१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले कांग्रेस कार्यकर्ताहरुले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्। महानगरपालिकाको मेयर पद अर्को पार्टीलाई दिन लागिएको भन्दै उनीहरुले राजिनामा दिएको जनाएका छन् ।



    स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन्।



    उनीहरूले पार्टीको नेतृत्व सत्तालिप्त भएको आरोप लगाउँदै स्वतन्त्र अभियान चलाउने घोषणा गरेका थिए।

    गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय जिल्ला पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए।

    सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार