Online Nepal
  • बुधबार, २ माघ २०८१
  • तालमेल गर्ने/नगर्ने अधिकार स्थानीय कमिटीलाई छ, कसैले लाद्न पाउँदैन : थापा

    तालमेल गर्ने/नगर्ने अधिकार स्थानीय कमिटीलाई छ, कसैले लाद्न पाउँदैन : थापा

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावी तालमेल गर्ने/नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको दोहोर्याएका छन् ।

    तालमेल गर्ने वा नगर्ने भन्ने अधिकार स्थानीय कमिटीलाई भएको बताउँदै उनले गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको दावी गरे ।



    बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने–‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’

    महामन्त्री थापाले नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने बताउँदै अन्य दलहरू (कम्युनिष्ट) गठबन्धन गरेर जाने र एकतासमेत गर्नसक्ने सम्भावना भएकोले त्यसलाई रोक्न पार्टीले यस्तो निर्णय गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार