Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्रीले संरक्षण गरेका शाहको शंकास्पद ‘कनेक्सन’, सम्बन्धको जालो उच्च राजनीतिक तहसम्म

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माद्वारा संरक्षण गर्न खोजिएका अछामको दर्ना ८ का पृथ्वीबहादुर शाहको गैरकानुनी धन्दाको रहस्य एकपछि अर्को गर्दै खुल्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शाहको गैरकानुनी धन्दामा अवरोध बनेपछि अर्थमन्त्री शर्माले गभर्नरलाई नै निलम्बित गराएका थिए ।

यस प्रकरणसँगै अर्थमन्त्री शर्मा विवादमा तानिएका छन् । संदिग्ध शाहको विभिन्न गैरकानुनी धन्दाको कनेक्सन खुल्दै जान थालेको छ । शाहले अमेरिकाबाट ४० करोड रुपैयाँबराबरको शंकास्पद रकम भित्र्याउन चलखेल गर्दै आइरहेका थिए ।

कालोधनलाई सेतो बनाउने प्रपञ्च अनुसन्धान गर्ने अमेरिकी सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले शाहको सो रकम र त्यसको लगानीको स्रोत शंका गर्दै नेपाल राष्ट «बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो ।

अमेरिकाको सो पत्रअनुसार राष्ट्र बैंकले शाहको रकम रोक्का गर्दै त्यसको विस्तृत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो ।

राष्ट्र बैंकको सो पत्राचारसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थाले पनि अर्थमन्त्री शर्माले विभिन्न पक्षलाई प्रयोग गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानलाई पनि सुस्त बनाउन खोजेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077