Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : कोलकत्तामाथि हैदराबादको सानदार जित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित निकालेको छ।

मुम्बईस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा हैदराबादले कोलकत्तामाथि ७ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १७।५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

जितसँगै ५ खेलबाट ६ अंक जोडेको हैदराबाद अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077