Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डा. केसीद्वारा पाँच बुँदे माग राख्दै पुनः सत्याग्रह बस्ने चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले पुनः सत्याग्रह बस्ने चेतावनी दिएका छन् ।

विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानकर्षण गराउँदै डा. केसीले समयमा समस्याको हल नभएको अवस्थामा पुनः सत्याग्रह बस्ने चेतावनी समेत दिएका हुन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले रबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन माग राखेका छन् ।

यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गरेका छन् । विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण गर्न माग गरेका छन् ।

उनले आफूसँग भएको सम्झौता अनुसार डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पाँचथरमा तुरुन्त सरकारल मेडिकल कलेज निर्माण गर्न माग गरेका छन् ।

यस्तै चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दा अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गरियोस् भनेका छन्।

यस्तै सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गर्न माग गरेका छन् भने आफूसँग भएका सम्झौताहरू तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन् ।

डा. केसीले भनेका छन् 'यी माग पूरा नभएमा कुनैपनि बेला सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौं,’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077