Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ : राजेन्द्र लिङ्देन

    कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।

    आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए ।



    उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।” यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए ।



    उनले भने, “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”

    शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । उनले भने, “कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार