Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह मेची क्राउनमा यसरी नाँचे (भिडियोसहित )

झापा। पूर्वराजा ज्ञानेन्द्र शाहले झापास्थित मेची क्राउन होटेलमा  नयाँ बर्ष मनाएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा पूर्वरानी कोमल र छोरी प्रेरणासहित सपरिवार पूर्वराजा शाह झापा दुई दिन अघि मात्र आइपुगेका थिए ।

पूर्वराजा शाह हरेक वर्ष बसन्त ऋतुमा झापामा रहँदै आएका छन् । नयाँ वर्ष २०७९ को पुर्वसन्ध्यामा उनले काले दाईलगायतका गीतहरुमा डान्स समेत गरेका थिए।

पूर्वराजा शाह दमकस्थित चियाबगानको निवास र होटल मेची क्राउनमा नयाँ वर्ष मनाउँदै आएका छन् । यसअघि नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको भन्दै गुनासो गरेका थिए।

नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले भनेका थिए, ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ । तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’

[video width="320" height="576" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2022/04/video-1649940880.mp4"][/video]

[video width="320" height="576" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2022/04/video-1649916393-1.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077