Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ठूला राजनीतिक पार्टीहरूले नेपाललाई असफल देशको बाटोमा धकेल्दै छन् : राजेन्द्र लिङ्देन

    ठूला राजनीतिक पार्टीहरूले नेपाललाई असफल देशको बाटोमा धकेल्दै छन् : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलमा राजनीतिलाई पेसा, व्यवसायका रूपमा लिने मानिसहरू रहेका आरोप लगाएका छन् ।

    बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसाका रूपमा लिने मानिसहरूरहेको दाबी गरेका हुन् । अध्यक्ष लिङ्देनले भने, ‘देशको राजनीतिमा एक प्रकारको ध्रुवीकरण प्रारम्भ भएको छ ।



    हामीले एउटा ध्रुवको नेतृत्व गरिराखेका छौँ । कांग्रेस, एमाले, माओवादीहरू एउटा कित्तामा छन् । राजनीतिलाई पेसा, व्यवसाय मान्ने, राजनीतिलाई ओढ्ने, ओछ्याउने, भान्छाको रूपमा उपयोग गर्न चाहनेहरू त्यतापट्टी छन् । राजनीति पेसा, व्यवसाय होइन, राजनीति देश सेवाको एउटा सर्वोत्तम माध्यम हो भन्ने ठान्नेहरू, देशलाई माया गर्नेहरू, भ्रष्ट्राचारविरोधीहरू हाम्रो कित्तामा बिस्तारै जोडिँदै छन् ।’



    अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टीहरूले नेपाललाई असफल देशको बाटोमा धकेलिरहेको आरोप पनि लगाए । ठूला पार्टीहरू नेपाललाई असफल देश बनाउने काममा एक अर्काको सहयोगी बनिरहेका अध्यक्ष लिङ्देनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार