Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाले भने - तालमेल नेपालको राजनीतिका लागि हितकर छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तालमेल नेपालको राजनीतिका लागि हितकर नभएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिकका लागि हितकर नभएको बताए ।

उनले गठबन्धन र तालमेल हितकर नभएपनि आफूले पार्टीको निर्णय मानेको बताए।

उनले संसदीय व्यवस्थामा दलबीच गठबन्धन हुनसक्ने भएपनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने दावी गरे । ।

उनले गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहरुलाई पनि राम्रो नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077