Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरी बलमा एआईजी बढुवा गर्न ३ दिने सूचना

काठमाडाैँ । सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ ।

बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ ।

सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् ।

एआईजी बढुवा प्रतिस्पर्धामा रहेका डीआईजी राजु अर्याल बरियतामा अगाडि छन् । बरियताको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077