Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बईको लगातार पाँचौं हार, पन्जाब किङ्स विजयी

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार पाँचौं हार व्यहोरेको छ । पुनेमा गएराति पन्जाब किङ्ससँग १२ रनले पराजित हुँदै मुम्बईले पाँचौं हार व्यहोरेको हो ।

पन्जाबले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन जोडेको थियो ।

जीतसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ । पन्जाब तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ५ खेलमा अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077