काठमाडौं । प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एकजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई पक्राउ गरेको हो ।
पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौँबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट ६ लाख ५४ हजार नेपाली रुपैयाँसमेत बरामद प्रहरीले गरेको जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।
Leave a Reply