Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय जनमोर्चा पार्टीले गर्यो घोषणा पत्र सार्वजनिक

    राष्ट्रिय जनमोर्चा पार्टीले गर्यो घोषणा पत्र सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

    बुधबार रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।



    घोषणा पत्रमा जनमोर्चाले संघीयता खारेजीको विषयलाई प्रमुखताका साथ उठाएको छ ।



    जनमोर्चाले स्थानीय तह निर्वाचनको मूल नारा नै ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ राखेको छ । जनमोर्चाले घोषणा पत्रमा स्थानीय तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनतका धेरै काम गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

    ‘विगतमा गणतन्त्रका लागि संघर्ष गरेको नेकपा (एमाले)को नेतृत्वमा फासिवादी तथा प्रतिगामी प्रवृत्ति देखिएको छ,’ घोषणा पत्रमा भनिएको छ, ‘राजावादी तथा फासिवादी यी दुईटा बेग्ला बेग्लै धारा गणतन्त्रका विरुद्ध एक हुन सक्ने सम्भावना पनि देखिएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार