Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा बेंग्लोरमाथि चेन्नईको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्ग गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि २३ रनको जित हासिल गरेको छ ।

पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल लक्ष्य खडा गरेको थियो ।

चेन्नईका लागि शिवम दुवेले अविजित ९५ रन तथा रोबिन उथप्पाले ८८ रनको पाली खेले।

जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो।

चेन्नईका महीश थीक्सनाले ४ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077