Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एसपीको अनौठो धन्दा , सात तोला सुन र हिराको औंठी गायब !

    एसपीको अनौठो धन्दा , सात तोला सुन र हिराको औंठी गायब !

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका केही अधिकारीले स्रोत नखुलेको सुन गायब बनाएको आरोप लागेको छ । सात तोला सुन र एउटा हिराको औंठी जिल्ला प्रहरी कार्यालय बाँकेमा गायब भएको हो ।

    सुनको कारोबारमा संलग्न कैलालीका तीन युवक ठिक एक महिना अघि नेपालगञ्जको होटल सिटी प्यालेसमा बसेका थिए । होटलको ६०६ नम्बर कोठामा सात तोला काँचो सुन र एउटा हिराको औंठी उनीहरूले बिर्सिएका थिए । फर्किएर उनीहरु सो सुन लिन होटल जाँदा गायब भइसकेको थियो । पछि उनीहरू प्रहरीमा गए । प्रहरीले होटलका कर्मचारी युवराज चौलागाईलाई प्रहरी कार्यालयमा लगेर सोधपुछ ग¥यो । किनकी, उनले नै सो कोठा सफा गरेका थिए ।



    राती नै उनको घरमा गएर समेत प्रहरी खानतालासी ग¥यो । दुई पटक प्रहरी उनको घरमा पुगेको थियो । होटलका कर्मचारीको कतिपय कुरा शंकास्पद थिए ।



    दोस्रो पटक चौलागाईको घरमा प्रहरी पुगेपछि प्रहरीले उजुरीकर्तासँग सुनको स्रोतबारे सोधपुछ ग¥यो । तर, उनीहरूले त्यसको बिल देखाउन सकेनन् । किनकी, त्यो तस्करीको सुन थियो । उनीहरू सुन, चाँदी लगायत गहनाको अवैध कारोबार गर्ने व्यक्ति हुन् । उनीहरुले स्रोत खुलाउन नसकेपछि सो घटना गुपचुपमै मिलापत्र भयो । प्रहरीले चौलागाईलाई पनि बिना कागज एक दिन थुनामा राखी छाडेको थियो । यो घटनामा डिएसपी मधुसुदन न्यौपानेले विशेष चासो दिएर हेरेका थिए । प्रहरी स्रोतका अनुसार सो सुन बरामद भएपनि त्यसलाई प्रहरीभित्रै गुपचुप बनाइएको छ ।

    ‘यस्ता घटना यहाँ कति हुन्छन् कि,’ जिप्रका बाँकेका एक प्रहरी भन्छन्,‘यहाँ हरेक कुरामा सेटिङ चल्छ ।’ अहिलेका जिल्ला इन्चार्जमध्ये बाँकेका एसपी श्यामकृष्ण अधिकारी सबैभन्दा विवादास्पद इन्चार्ज हुन् । उनीविरुद्ध पटक–पटक उजुरी परेपनि कारबाही हुने गरेको छैन । कांग्रेस नेताहरूसँग निकटता हुँदा उनी गुप्तचरबाट प्रहरीमा आएका थिए । प्रहरीमा पनि उनले सधैं आकर्षक पोष्टिङ पाउँदै आएका छन् । कारबाही नहुँदा जिल्लामा उनले विभिन्न अवैध धन्दालाई संरक्षण दिने गरेको स्थानीयको गुनासो छ । पछिल्लो समय जिल्लामा खुलमखुल्ला रुपमा मिनी क्यासिनोहरू सञ्चालन भइरहेका छन् । – दृष्‍टि साप्ताहिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार