Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचन

    यी हुन् चुनावी तालमेलका लागि गठबन्धनले तय गरेका आधारहरू

    यी हुन् चुनावी तालमेलका लागि गठबन्धनले तय गरेका आधारहरू

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडका ७ आधार तय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको गठबन्धन बैठकले सिट बाँडफाँडका लागि ७ आधार तय गरेको संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।



    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले चुनावी तालमेल गठबन्धनका दलहरुबीच मात्र गर्ने आधार तय गरेको छ ।



    गठबन्धनले गठन गरेको कार्यदलका सदस्य कांग्रेस नेता कार्कीका अनुसार २०७४ स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभारलाइ आधार मानिने छ ।

    यी हुन् आधारहरू :

    -महानगर र उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

    -नगरपालिका र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

    -सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

    -प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई दुई पतिनिधि रहने ।

    -प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन सम्बन्धित पार्टीले आआफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न पाउने ।

    -सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

    गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू :

    -०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा ९एकीकृत समाजवादी०मा कायम रहेका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।

    -०७४ मा गठबन्धनमा आबद्ध दलका उमेदवारले पालिका र वडामा प्राप्त मतको मतभारलाई मान्ने ।

    -०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।

    -०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उमेदवारले पाएको मतभारलाई पनि आधार बनाउने ।

    -वर्तमान अवस्थामा रहेको संगठनको अवस्था र जनसमर्थनलाई पनि आधार मान्ने ।

    -गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्न पाउने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार