Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भरतपुरमा कांग्रेसका २५ वडा सभापतिले भने-‘मेयर नपाए सबै वडामा स्वतन्त्र उम्मेदवारी दिन्छौं’

    भरतपुरमा कांग्रेसका २५ वडा सभापतिले भने-‘मेयर नपाए सबै वडामा स्वतन्त्र उम्मेदवारी दिन्छौं’

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्।

    जिल्ला पार्टी कार्यालयमा भरतपुर महानगरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिको बैठकले यस्तो निर्णय लिएको हो।



    उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भरतपुरको मेयर कांग्रेसले नै पाउनु पर्ने यदि नपाएमा विद्रोह गर्ने निर्णय गरेको हो ।



    बैठकमा सहभागी वडा नम्बर १५ का कांग्रेस सभापतिले राजेन्द्र शाँखीले भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए नमान्ने बताए ।

    वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेका छन् । अन्य चारवटा वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूले समर्थन जनाएको बताइएको छ ।

    २०७४ को चुनावमा भरतपुरमा कांग्रेसले माओवादीसँग तालमेल गरेर मेयरमा उम्मेदवारी दिएको थिएन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र पनि पर्ने भरतपुरको मेयरमा उनकी छोरी रेनु दाहाल निर्वाचित भएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार