Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एक पदमा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य हुनुपर्ने प्रावधान संशोधन

काठमाडौं । निर्वाचन आयोगले दलहरुले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने भन्ने यसअघिको प्रावधान संशोधन गरेको छ ।

दलहरुले यो प्रावधानमाथि आपत्ति जनाएपछि आयोगले सच्याउँदै प्राथमिकता मात्रै दिए पुग्ने व्यवस्था गरेको हो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगले मिति २०७८ चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६मा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने' हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077