Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्रीले भने – शान्ति सम्झौताका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक छ

    गृहमन्त्रीले भने – शान्ति सम्झौताका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक छ

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले शान्ति सम्झौताका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक रहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ लाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले शान्ति सम्झौताका केही काम अझै बाँकी रहेको उल्लेख गर्दै गठबन्धनलाई पनि निरन्तरता दिनुपर्ने  बताए ।



    ‘गठबन्धनको कल्चरलाई बिर्सने काम नहोस् । पछिल्लो पटक कोएलिसनलाई गिरिजाप्रसाद कोइराला र प्रचण्डले सहमति र सहअस्तित्वका साथ अगाडि लिएर जाने शान्ति सम्झौता गर्नु भएको थियो । त्यो शान्ति सम्झौताका काम पनि पूरा गर्नु छ,’ उनले भने ।



    त्यस्तै उनले सबै दललाई निर्वाचनमा भाग लिन आग्रह पनि गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार