Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन, तीनको मृत्यु

    केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन, तीनको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन सकेको छैन ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।



    केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म उद्धार हुन नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ५ वटा ट्रलीमा अहिले पनि १५ जना अड्किएका छन्।



    जसमा पर्यटकसहित एक जना एयरफोर्सका जवान छन् । हालसम्म ट्रलीबाट खसेर तीन जनाको मृत्यु भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार