काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन गरिएकोे नयाँ शक्ति पार्टी विघटन भएको छ ।
भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते घोषणा भएको नयाँ शक्ति पार्टी सोमबार विघटन भएको हो ।
डा.भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गरेका थिए । त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाएका थिए ।
पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी आफूले बहन गर्न नसकेको संयोजक रवि किरण हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Leave a Reply