कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० की ४५ वर्षीया बालदेवी खड्काको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार घरको आँगनमा पानी तान्ने मोटर चलाउँदा उनलाई करेन्ट लागेको थियो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
Leave a Reply