Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • दुबईमा धेरै नेपालीहरुले भिल्ला किनेको अर्थमन्त्री शर्माको दाबी

    दुबईमा धेरै नेपालीहरुले भिल्ला किनेको अर्थमन्त्री शर्माको दाबी

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दुबईमा नेपालीहरुले भिल्ला किनेर राखेको दाबी गरेका छन्।

    अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले दुबईमा नेपालीहरुले भिल्ला किनेको र त्यो पैसा पनि नेपालबाटै गएको दाबी गरेका हुन्।



    ‘अहिले नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन् रे, मैले सुनेको। त्यो नेपालबाटै गएको पैसाले किनेको त होला नि,’ सञ्चारकर्मीहरुको प्रश्नपछि उनले सुरुमै भने।

    उनले गर्भनर अधिकारीले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसक्दा राष्ट्र बैंकको प्रवधानअनुसार बर्खस्त गरेको बताए। ‘धेरै कुरा राष्ट्र बैंकले नियमन गर्छ। त्यसको नियमन अर्थमन्त्रालयबाट हुँदैन। तर उहाँको कार्यसम्पादन राम्रो देखिएन,’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार