काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल श्रीलंका बन्छ भन्नु अफवाह भएको बताएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताए ।
अर्थमन्त्री शर्माले , ‘विदेशी पानी खाएर हुर्किएर केही नागरिकको कुरा सुन्ने हो भने बृद्ध भत्ता पनि दिन नसक्ने ‘,भन्न सकिन्छ । तर चुनावका लागि सबै तयारी गरेका छौं, बजेटको व्यवस्था गरेका छौं, जुन लिन चाहिन्छ, त्यही दिन भुक्तानी दिने सुनिश्चितता गरेका छौं ।’ बताए ।
तर अवाफहहरुलाई जोडेर देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले भने, ‘यो राष्ट्रघात हो । श्रीलंका बनाउन किन चासो भइरहेको छ ?अचम्म लाग्छ ।’
Leave a Reply