Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केही व्यक्तिको सन्कीपनले देशको नीतिहरु भाँडियो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही व्यक्तिको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन्।

सोमवार काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक अवस्था बिग्रिनुको पछि केही ‘सन्की व्यक्ति’ को हात रहेको बताएका हुन्।

'केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्। केही मानिसहरुको अग्र्यल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन्। आज हामीसँग विदेशी मुद्राहरुको सिञ्चिति छैन, घटिरहेको छ। चिन्ता व्यक्त भइरहेको छ। किनभने हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौं,’ उनले भने।

भट्टराईले स्वदेशमै जनशक्ति उत्पादन गर्नुपर्ने बेला आइसकेको समेत बताए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077