काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई सहयोग नगरेका कारण गभर्नर महाप्रसाद अधिकारी लाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका छन् ।
सोमबार सत्तारुढ दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नरले अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका हुन्।
बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।
उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।
सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।
Leave a Reply