Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • २०० बोरा चिनी बरामद

    २०० बोरा चिनी बरामद

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.2K
    SHARES

    सर्लाही । सर्लाही भन्सार कार्यालय मलङ्गवाले २०० बोरा चिनी बरामद गरेको छ ।

    भारतबाट धान लिएर आएको कन्टेनरलाई जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको हो ।



    भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए ।



    कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए ।

    कन्टेरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताए।

    कन्टेनरका चालकलाई रु तीन लाख धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ । धान सर्लाहीको हरिवनमा लिएर जाँदै गरेको चालकले बयान दिए पनि चिनीका बारेमा केही नबताएको भन्सार कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार