Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जंगली च्याउ खाँदा एक जनाको मृत्यु

    जंगली च्याउ खाँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 921
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जंगली च्याउ खाँदा म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको ज्यान गएको छ ।

    जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु भएको हो ।



    गत चैत १८ गते जंगलमा च्याउ खोज्न गइ घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो ।



    बिरामीमध्ये सुनिमायाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएको थियो ।

    त्यहाँ उनको उपचारको क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार