Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गभर्नर अधिकारीलाई हटाएको विरोधमा युवा संघको सांकेतिक सडक प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएको विरोधमा युवा संघ नेपालले अर्थमन्त्री शर्माविरुद्ध प्रदर्शन गरेको हो । गभर्नरको निलम्बन फिर्ता गर्नुपर्ने, अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, आर्थिक संकट समाधान गर्नुपर्नेलगायत मागसहितका नारा लगाउँदै युवा संघले प्रदर्शन गरेको हो ।

सांकेतिक विरोध प्रदर्शनका क्रममा अर्थमन्त्री शर्माको तस्बिर फर्सीमा पोतेर, उक्त फर्सीलाई कुर्सीमाथि राखेर विरोध जनाइएको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई जेल सजाय हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077