Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धरान उपमहानगरपालिका : मेयरमा एमालेबाट ११ जनाको नाम सिफारिस

बिराटनगर । नेकपा एमालेको नगर कमिटीले धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा ११ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

बैठकमा सहमति नजुटेपछि दाबेदार सबैको नाम सिफारिस गरेको हो । अब उम्मेदवारको अन्तिम टुङ्गो पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ ।

मेयरका लागि पहिलो नम्बरमा उपमेयर मञ्जु भण्डारीको नाम सिफारिस गरेको छ । बैठकले पूर्वमेयर मनोज मेन्याङ्बो, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला, तीर्थ मास्केको नाम सिफारिस गरेको हो ।

त्यस्तै उपमेयरमा सुशीला पहाडी, लहरुमाया जिमी, पदम इश्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ राई र लिला राईको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077