काठमाडौं । बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पनौती घर भएकी ४० वर्षीया लक्ष्मी कार्की छिन् ।
प्रहरीले काभ्रेको पनौती नगरपालिका–८ बाट उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरेर उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
काठमाडौं बस्ने प्रकाश खरेलसँग ‘ऋण तिर्न’ भनेर लिएको ८० लाख नगद फिर्ता नगरेर उनले चेक दिएकी थिइन् ।
कृषि विकास बैंकको चेक बाउन्स भएपछि खरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । कार्कीलाई हिरासतमा राखेर बैकिङ कसुर तथा सजाय ऐन–२०६४ अनुसार अनुसन्धान भइरहेको बताइएको छ ।
Leave a Reply