Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अवैध रुपमा युरोप छिर्न लागेका ३७ नेपाली टर्कीबाट पक्राउ

    अवैध रुपमा युरोप छिर्न लागेका ३७ नेपाली टर्कीबाट पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । अवैध रुपमा युरोप छिर्ने तयारीमा रहेका ३७ नेपालीहरु टर्कीमा पक्राउ परेका छन् । उनीहरुलाई इस्तानबुलस्थित एक घरबाट टर्किस प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु झैं सुटेकस थियो र ती सबै मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा थिए । इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् ।



    पक्राउको यो घटनाबारे टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले पनि खबर पाएका थिए । एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रहरीले पाएपछि त्यहाँ छापा मारेको थियो ।



    उनले पक्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घटनापछि सील गरिएको बताए । घिसिङले अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार