Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : हैदराबादसँग चेन्नई ८ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ ।

मुम्बईमा चेन्नईले दिएको एक सय ५५ रनको लक्ष्य हैदराबादले दुई विकेट गुमाएर १४ बल बाँकी रहँदै भेट्टायो ।

हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले सात विकेट गुमाएर एक सय ५४ रन बनायो । उसका लागि मोइन अलीले सर्वाधिक ४८ रन बनाए ।

चेन्नईले आजसहित लगातार चार खेलमा हार्दै अङ्क बटुल्न सकेको छैन । तीन खेलमा दुई अङ्क बटुल्दै हैदराबाद आठौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077