Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तहको चुनाव जननिर्वाचितहरूको भावनाको विपरीत : नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनले जननिर्वाचितहरूको संवैधानिक अधिकारको हरण भएको दावी गरेका छन् ।

पार्टीको दोलखा–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले स्थानीइ तहको चुनाव असोज महिनामा ५ वर्ष पुग्नेहरूको भावनाको विपरीत भएको पनि दावी गरे ।

अध्यक्ष नेपालले बैंशाख ३० गतेको चुनावले २०७९ साल असोजमा ५ वर्ष पूरा हुने जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हरण भएको बताएका हुन् ।

उनले भने–‘असोजमा ५ वर्ष पूरा हुनेहरूको प्रश्नको जवाफ कसले दिने ? उहाँहरूको संवैधानिक अधिकारको हरण भएको छ । यो चुनाव असोज महिनामा ५ वर्ष पुग्नेहरूको भावनाको विपरीत छ ।’

यद्यपी उनले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन भने दिएका छन् । संविधानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको तर निर्वाचन आयोगले असोजमममा ५ वर्ष कार्यकाल पूरा हुनेहरूको भावनाको विपरीत चुनाव मिति घोषणा गरेको उनको भनाई थियो ।

निर्वाचन आयोगले गरेको मिति घोषणाप्रति असन्तुष्टि रहेको बताउँदै उनले भने–‘समस्या त छ, जेठको ५ गते पहिलो चुनाव भएको थियो । असार र असोजमा चुनाव भएको थियो । असोजमा निर्वाचित भएकाको ५ वर्ष पुगेको छैन । ५ वर्ष नपुगेकाहरूको भावनाको विपक्षमा निर्णय गरेको छ भन्ने कुरा उठिरहेको छ । भोलि जे होला होला अहिले तयारीमा जुटौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077