Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नयाँ वर्षदेखि लागू हुनेगरी बढ्यो काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा (सूची सहित)

    नयाँ वर्षदेखि लागू हुनेगरी बढ्यो काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा (सूची सहित)

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको छ । बागमती प्रदेश सरकारले नेपाली नयाँ वर्षदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर बढाएको हो ।

    बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यही चैत २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको जनाएको छ । मन्त्रालयका अनुसार अब चढ्ने वित्तिक्कै २० रुपैयाँ तिर्नुपर्ने छ । अब यात्रुहरूले ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ तिर्नुपर्ने छ ।



    यस्तै, ०–१० किलोमिटरमा २५ रुपैयाँ, ०–१५ किलोमिटरमा ३० रुपैयाँ तथा ०–२० किलोमिटरमा ३३ रुपैयाँ बुझाउनुपर्ने छ । २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ तिर्नुपर्ने छ ।



    यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

    पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार