काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आगामी निर्वाचनका लागि २८ चैतभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ ।
अन्य दलजस्तै उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी रणनीति बनाउनेमा लोसपा नेता जिल्लामा पुगेका छन् ।
३० वैशााखमा हुने स्थानीय तहको निर्वाचनका लागि पालिका र वडा तहका समितिलाई लोसपा केन्द्रीय समितिले २८ चैतसम्ममा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो ।
लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार केन्द्रीय समितिले देशैभरि केन्द्रीय पर्यवेक्षक परिचालन गरेको छ । रौतहटका लागि केन्द्रीय पर्यवेक्षक तोकिए झाले समेत जिल्ला र पालिकास्तरका नेतासँग छलफल गरिरहेका छन् । राजधानी दैनिकबाट
Leave a Reply