Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै गुजरातको रोमाञ्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित हात पारेको छ । गएराति मुम्बईमा भएको खेलमा गुजरातले पञ्जाब किङ्ग्सलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । गुजरातका सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले ।

अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यकता थियो । राहुल टेवाटियाले दुई छक्का र डेभिड मिल्लरले एक चौका हानेपछि गुजरातले रोमाञ्चक जित निकालेको हो ।

पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । पञ्जाबका लियाम लिभिङस्टोनले ६४ रनको अर्धशतकीय पारी खेले ।

गुजरातका रासिद खानले तीन तथा दर्शन नालकान्डेले दुई विकेट लिए । जितसँगै तीन खेलमा ६ अङ्क जोडेको गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077