Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.1K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा काँग्रेसलाई पनि सहभागी गराइएको हो।

    मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।



    यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिला मन्त्री तारा लामालाई फिर्ता बोलाइएको हो।

    उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजबादीकै कुलबीर चौधरी नियुक्त भएका छन्।

    अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार