Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल पुर्नगठन हुँदै

धनगढी । शुक्रबार आज सुदूरपश्चिम प्रदेश सरकार पुर्नगठनको हुने भएको छ । प्रदेश सरकारमा नेपाली काँग्रेसलाई पनि सहभागी गराउने तयारी भएसँगै प्रदेश सरकार पुर्नगठनको तयारी भएको हो ।

आज रातिदेखि चुनावी आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको हो ।

नेपाली काँग्रेस सुदूरपश्चिमका प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकारमा काँग्रेसको सहभागिता आजै हुनसक्ने सम्भावना पनि रहेको बताए।

स्रातेका अनुसार तीनजना पुराना मन्त्री हटाएर कांग्रेसका तर्फबाट नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ। हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077